काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले रवि लामिछानेमाथि गम्भिर आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठसँगको टेलिफोन संवादबारे उनले यसअघि समेत लामिछानेले रकम उठाउने गरेको प्रमाणित भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भने,‘सिधा कुरा कार्यक्रम चलाउँदा झापा आएर पैसा उहाँहरुले लैजानुहुन्थ्यो भनेर मैले भन्दा माफिया भनेर उडाउने गर्थे । अहिले प्रमाणित भयो नि । ढाकाप्रसाद श्रेष्ठले होइन भनेर मेरो अगाडि आएर भने म उनको ड्राइभर बन्न तयार छु ।’
भौमानले अब के भन्छन ?😝😜 pic.twitter.com/7n9WPoc58X
— Bhim Adhikari (स्वतन्त्र) (@bhimabish) April 9, 2023
प्रतिक्रिया