काठमाडौं । संस्कार शिक्षालय स्कूलको ९ औँ वार्षिकउत्सव, ग्रयाजुयशन सेरोमनी तथा फेरवयल कार्यक्रम समपन्न भएको छ । शनिबार नार्गाजुन नगरपालिकाको मार्फा थकाली समाजमा आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । प्रमुख अतिथि काठमाडौं विश्व विद्यालयका राजेन्द्र दाहाल, नेशनल एकेडेमी स्कूलकी प्रिन्सिपल मोहना मोथे खानाल, नभनित टोडर्लस जोन स्कूलकी प्रिन्सिपल निता श्रेष्ठ बाल विकास नेपालका निर्देशक तथा सिइओ तेजु नेपाल, विद्यालय निरिक्षक धनुकमारी भण्डारी लगायत, अभिभावक र अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि राजेन्द्र दाहाल र संस्कार शिक्षालय स्कूलको प्रिन्सिपल पूजा खनाल गौतमले दीप प्रज्वलन गरेका थिए । राष्ट्रिय गानसहित कार्यक्रमलाई सुरु गरिएको थियो । क्रमश प्रिन्सिपल गौतमले स्वागत मनतव्य राखेर उपस्थित प्रमुख अथिति, अतिथि, अभिभावक र उपस्थित सबै जनालाई विशेष स्वागत गरेकी थिइन् ।
त्यसै गरी कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका बालबालिकाहरुले प्रेरणदायी तृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए । जसमा विभिन्न संस्कार, भाषा, भेषभूषा र आफ्नो पनि झल्किएको थियो । प्रमुख अतिथि राजेन्द्र दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न उदाहरण मार्फत अभिभावक र शिक्षक शिक्षिकाहरुले बालबालिकाको मनोभावलाई कसरी बुझ्नुपर्छ भनेर सिकाएका थिए । कार्यक्रमको बीचमा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत विद्यालयमा कार्यरत शिक्षक शिक्षका, कर्मचारी र सहयोगी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको मूख्य केन्द्रबिन्दु १९ जना विद्यार्थीहरु ग्रयाजुयशन भएका थिए भने कक्षा तीनका ५ जना विद्यार्थीहरलाई फेरिवयल कार्यक्रम मार्फत उज्वल भविष्यको कामनासहित मायाको चिनो दिएर बिदाई गरिएको थियो । त्यस क्षणमा विद्यार्थीको रसाएका आँखा र शिक्षिकाहरुको आँखाबाट झरेको आँसुले उनीहरु बीचको प्रेम र सदभावदाई दर्साएको थियो । कार्यक्रम विद्याथीर्हले नै सञ्चालन गरेका थिए । संस्कार शिक्षालय स्कूल २०१२ मा स्थापना भएको हो । खेलबाट सिकाई भन्ने नाराको साथ स्थापना भएको यस स्कूलले बाबालिकाहरुलाई संस्कारसहितको शिक्षामा विशेष जोड दिने गरेको छ । उक्त स्कूलमा साना–साना बालबालिकाले खेल मार्फत नै ज्ञान आर्जन गरिरहेका हुन्छन् । प्रिन्सिपल पूजा गौतम करिब २१ वर्षदेखि विशुद्ध शिक्षा पेशामा आवद्ध हुनुहुन्छ ।
प्रतिक्रिया