Logo

खेलकुद

आइपीएलमा दिल्ली राजस्थानसँग पराजित



काठमाडौं । आइपिएलअन्तर्गत आजको पहिलो खेलमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

दिल्ली राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको हो । राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा मात्र १ सय ४२ रन बनाउन सक्यो ।

दिल्लीलाई पराजित गरेपछि राजस्थान ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

समान ४ अंक रहेका लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई राजस्थानले रनरेटमा पछि पारेको हो । लगातार तीन खेल हारेको दिल्ली अंकविहिन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ४४ बजे