Logo

विश्व

क्रिश्चियन महिलासँग बोलेको भन्दै मुस्लिम युवामाथी कुटपिट


२४ चैत्र २०७९, शुक्रबार  

667
Shares

नयाँदिल्ली । क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ । दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो ।

बिविसिका अनुसार गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो ।

बिबिसीका अनुसार गाडीमा बसेकी क्रिस्चियन महिलासँग ती युवकले बोलेको र सोही गाडीमै नै सवार रहेका चारजना युवकहरुले उनी माथी कुटपिट गरेका थिए ।

सो कुटपिटमा संलग्न रहेको आरोपमा कर्नाटक प्रहरीले दिनेश, नितेश, अविनाश र सचिन नामक युवालाई पक्राउ गरेका छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न युवाहरु ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको जनाईएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : १२ बजे