Logo

मुख्य समाचार

रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते



काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका(७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए। बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए।हामीले उद्धार गरेर १० जनालाई उपचारको लागि अस्पताल पठाएका थियौं,’ उनले भने, ‘उपचारको क्रममा एक जनाको मृत्यु भयो। मृतक संख्या ५ पुग्यो।’ दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो। दुर्घटनाको कारण र मृतकको सनाखत गर्ने काम भइरहेको उनले बताए।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : ४२ बजे