Logo

Breaking News 1

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ बुधबार पनि अघि बढ्न सकेन। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको मुद्दा बुधबार पनि हेर्न नभ्याइनेमा गएको हो।

उनीविरुद्धको मुद्दाको फैसला हुने तयारी थियो। यो मुद्दामा इजलासको चौधौँ नम्बरमा पेसी तोकिएको थियो। यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको थियो। त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगन गराएका थिए।

घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए। सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। त्यसको अन्तिम फैसला हुन लागेको हो। सर्वोच्चले पनि जिल्लालाई यो मुद्दा छिटो टुंग्याउन निर्देशनात्मक आदेश दिइसकेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : २१ बजे