Logo

अर्थ

सेयर बजार १६.६७ अंकले घट्यो



काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से सुचकमा १६।६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३ अङ्कले बढेर ३५२.७१ विन्दुमा पुगेको छ। सोमबार नेप्से सुचकको ३३ कम्पनीमा उकालो लागेको छ । १७३ कम्पनीमा ओरालो लागेको छ भने १० कम्पनी स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से सुचक २० अंकले घटेर १८८८ विन्दुमा अडिएको थियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको ३ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआइसि एसियाको २ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये ट्रेडिङ सुचक बाहेक सबै उपसुचकहरुमा ओरालो लागेको छ । सोमबारको कारोबारमा कालिनचोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ०९ बजे