Logo

खेलकुद

खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झरयो



काठमाडौं । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो ।

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा बिजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए । सो पराजयसँगै चेल्सी एक स्थान तल झरेको छ ।

जसअनुसार २८ खेलबाट ३८ अंकसहित चेल्सी ११औं स्थानमा झरेको छ भने चेल्सीलाई पराजितगरे पछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ५५ बजे