Logo

Breaking News 1

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपाका एक सांसद मात्र विपक्षमा



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा भएको मत विभाजनबाट मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ । उनको विपक्षमा एक मत मात्र पर्‍यो ।

शर्मालाई राप्रपाबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका हुन् । शर्माको पक्षमा ३८ मत परेपछि कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले विश्वासको मत पाएको घोषणा गरे । प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ०४ बजे