Logo

मनोरञ्जन

सुनिल बिसी र सबिता परियारको स्वरमा ‘ज्यानले मन पराइछ’ गीत सार्वजानिक



काठमाडौं । ‘ज्यानले मन पराइछ’ नामक नयाँ गीत सार्वजानिक भएको छ । गीत सबिता परियारको अफिसियल युटुबबाट सार्वजानिक गरिएको हो ।

सुनिल बिसी र सबिता परियारको स्वर रहेको गीतलाई सब्द, लय सुनिल बिसीले गरेका छन् भने म्युजिक एरेन्ज पनि बिसीले गरेका छन् । वन डीबी स्टुडियोमा भएको गीतलाई बिमल छिनाल र बिनोद परियारको रेकडिङ्ग र एच बि एन किस्मतले मिक्सिंग गरेका छन् । गीतमा बिसाल रायमाझी, दिपेन थापा, दिक्षा सुनार र अम्बिका सुनारको कोरस भोकल रहेको छ ।

जेरी भण्डारीको निर्देसन दुर्गा पौडेलको क्यामराबाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने दुर्गेस राना मगर र अशिम चन्द बिस्वकर्माको सह सम्पादन रहेको छ ।

भिडियोमा आयुशमा कार्की, सरद एलजी, ऋतु तामंग र अल्फाज शाहको अभिनयमा रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ५६ बजे