Logo

अर्थ

एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका विहीबार सार्वजनिक गर्ने भएको छ । साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका बिहिवार सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ ।

साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ४० बजे