काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ । बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।
हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफनो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहिवार बिहान बैठक बोलाईएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार सोही बैठकवाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ ।
प्रतिक्रिया