Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१६ चैत्र २०७९, बिहिबार  

1.1k
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ६७ पैसा र बिक्री दर १४३ रूपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ६ : १३ बजे