Logo

समाचार

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प



काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर) का अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

यसअघि मुगुको भिइ केन्द्रबिन्दु भएर यही चैत १० गते ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : २३ बजे