Logo

समाचार

चैत्र १४ गते मंगलबार, यस्ताे छ आजको राशिफल


१४ चैत्र २०७९, मंगलबार  

2.3k
Shares

श्री शाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र १४ गते तद्अनुसार सन् २०२३ मार्च २८ तारिख मंगलबार चैत्र शुक्ल पक्षको सप्तमी तिथि मृगशिरा नक्षत्र सौभाग्य योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृष राशिमा ६ः४२ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२ मा र सूर्यास्त साँझ १८ः१८ बजे हुनेछ । सौरमानले पिङ्गलनाम संवत्सर प्रवेश १२ः५३ बजे, द्विपुष्कर योग १९ः३४ बजेसम्म । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पराक्रम बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने दिन छ । नसोचेको बाटोबाट धन आर्जन हुने योग छ । लाभका लागि धेरै प्रतिस्पर्धा गर्न नपर्ला, तर व्यावसायिक काममा भने खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भाग्योन्नतिको समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । सामाजिक क्षेत्रमा माथिल्लो स्थान हात लाग्ने योग छ । स्वास्थ्यमा भने कमजोरी देखापर्ला, सचेत रहनुहोस् । परिश्रम धेरै गर्नुपर्ने समय छ, तर सन्तोष मिल्नेगरी सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आरोग्य बढ्ने समय भए पनि आज बोली र व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सचेत रहनु आवश्यक छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको श्रमबाट भने लाभ हुनेछ । विभिन्न अवसर पाइने समय छ । समयको पदचाप पच््याउने प्रयत्न नगरे अवसर फुत्कने सम्भावना देखिन्छ । अन्ततः समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने योगका कारण आज आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । निकटवर्तीसँगै असमझदारी बढ्ने सम्भावना रहेकोले विशेष सतर्कता अपनाउनु हितकर होला । खर्च वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – समय उत्साहवर्द्धक रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन विशेष प्रयत्न गर्नुहोला, लाभ पुग्नेछ । आय बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – शुभता वृद्धि हुनेछ । प्रतिष्ठा आर्जन हुने कामको अवसर मिल्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । दाम र इनाम प्राप्तिको योग छ । सामाजिक कामको दायित्व बढ्नेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सौभाग्य वृद्धि हुनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ हुनसक्ने समय छ । नयाँ ज्ञान सिक्ने अवसर मिल्ला । व्यापारमा फाइदा होला । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग रहेकोले सावधान रहनु हितकारी होला । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – जोखिम बढ्नेछ । आज प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, होस राख्नुहोला । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला, अनावश्यक खर्चबाट जोगिने प्रयत्न गर्नु बेस हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग छ, तथापि उठ्नुपर्ने रकम हातलागी हुने समय छ, प्रयत्न गर्नुहोला । दौडधुप बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – हितैषीजनको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धन मान वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आजको दिन मिश्रित फलदायी रहला । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । स्वास्थ्य कमजोर रहन सक्छ, तथापि जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आजको दिन मनमा आलस्यता पैदा होला । स्वास्थ्यमा पनि कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । तर, प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग पनि छ । मातापिताको सहयोग प्राप्त होला । प्रेमबल बढ्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यस्तता बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । पठन–पाठनमा त्यति समय दिन नसकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । उत्साहमा कमी आउला । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : २९ बजे