Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफल



काठमाडौं । बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरूले मंगलबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा पुग्ने समझदारीसमेत गरेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : ४२ बजे