Logo

समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । मोटरसाइकलको ठक्करबाट  घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको  बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल  पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ५० बजे