Logo

समाचार

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकार अबको केही दिनमै ढल्छ : सांसद पुन



रोल्पा । लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन मगर(सिजल)ले अहिले लुम्बिनी प्रदेशमा नेतृत्व गरिरहेको नेकपा एमाले नेतृत्वको सरकार अबको केही दिनमै ढल्ने बताएका छन । सुकिदह युवा क्लबको पाचौं वार्षिकोत्सब उद्घाटन समारोहलाई परिवर्तन गाउँपालिका-६ रोल्पामा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद पुनले लुम्बिनी प्रदेशमा नेतृत्व गर्दै आएको मुख्य मन्त्री नेकपा एमाले अन्तर्गत लिला गिरी नेतृत्वको सरकार अबको एक दुई दिनमा ढल्ने उनको दाबी छ । दुई महिना अगाडि पुष १० नेकपा एमाले सँग मिलेर संघ र प्रदेशमा सरकार निर्माण भएको र फागुन १३ गतेदेखि नेकपा एमाले सँगको गठबन्धन तोडिएको उनले बताए । साथै सांसद पुनले अहिले नेपालमा राजनीति भित्र उथलपुथल आएको र गठबन्धन दुई महिना देखि बढी नटिक्ने समस्या आएको समेत बताए । उनले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रोल्पा बाटै दुई जना उम्मेदवार नेकपा एमालेबाट कुमार दसौंडी र नेपाली कांग्रेसबाट माधव प्रसाद आचार्यले उम्मेदवारी दिएको बताउदै, पुनले भने ‘हामी गठबन्धन गरेकोले नेकपा एमालेको उम्मेदवारलाई निर्वाचित गराएका हौ ।’ त्यसपछि राष्ट्रपतिको विषयलाई लिएर नेपाली कांग्रेस सँगको गठबन्धन भएको र नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराएको समेत बताए ।

नेकपा एमाले नेतृत्वको सरकार राष्ट्रपति निर्वाचन पछी संघ सरकार बाट बाहिरीएको र प्रदेश सरकारमा पनि त्यसको असर पर्दै आएकोले आफूहरू नेकपा एमालेलाई दिएको विश्वासको मत फिर्ता लिने तयारीमा नेकपा माओवादी केन्द्र रहेको समेत बताए । उनले भने ‘नेकपा एमालेले अहिलेको गठबन्धन सरकार दुई महिना भन्दा बढी नजाने र मध्यावधि चुनावमा नेपाल जान्छ भन्ने अभिव्यक्ति दिदै आएको छ ।’ अहिले आम नागरिकको ध्यान नाँचगाँन र रमाइलो तर्फ केन्द्रित हुने गरेको र शिक्षा, स्वास्थ्यमा भनेको जस्तो सुधार हुन नसकेको समेत उनले बताए । शिक्षामा ठूलाठूला भवन निर्माण भएता पनि सोचेको जस्तो परिमाण आउन नसकेको पुनको भनाइ छ । रोल्पाबाट लोक सेवामा फेल हुने गरेको र नाम निकाल्न नसक्नु दु:खद पक्ष भएको उनले बताए । अहिले स्वास्थ्य क्षेत्रमा पनि हेर्दा ठूलाठूला भौतिक संरचना बनेको र भरपर्दो सेवा, सुविधा तथा दक्ष जनशक्ति नभएको समेत बताए । अहिले नेपाल सरकारले बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर राख्दै कुपोषण हुनबाट रोक्नका लागि प्रत्येक अभिभावकलाई दिनको पाँच सय दिदै आएको र केही अभिभावकले मद्यापान सेवन गरेको समेत बताए ।

रोल्पा जिल्लाको चर्चित रूपमा रहेको सहिद मार्ग अन्तर्गत रोल्पाको विभिन्न खण्ड स्तरउन्नति र पिचको लागि करिब २ अर्ब बराबरको रकम विनियोजन गरिएको र काम समेत अगाडि बढीरहेकोे उनले बताए । नेपालमा पछिल्लो केही समय यता श्रम गर्न छोडेर सबै वस्तुहरु किनेर खाने प्रवृत्ति ह्याबी भएको उनको भनाइ छ । उनले आफ्नो देशमै परिश्रम गर्न छाडेर अरुको देशमा नेपाली युवाहरु श्रम गर्न जाने गरेको समेत बताए । अमेरिका, युरोपका देशहरु नेपाल भन्दा हरेक हिसाबले सक्षम र सफल भएको समेत बताउनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ३५ बजे