Logo

विश्व

सांसद पद गुमेपछि राहुल गान्धी झन् आक्रामक



काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन् ।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई मानहानिको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको सजाय तोकेको एक दिनपछि शुक्रवार भारतीय संसद्ले उनको सांसद पद खारेज गरेको थियो ।

सत्ताधारी भारतीय जनता पार्टीले भने उनको सांसद पद खारेज गर्ने निर्णय संसदीय नियम अनुसार भएको दाबी गरेको छ ।

भारतीय सर्वोच्च अदालतको सन् २०१३ को एक फैसलाले कुनै पनि अपराधमा दुई वर्ष वा सो भन्दा बढी सजाय पाएका सांसदहरूको पद तत्कालै खारेज हुने उल्लेख गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : ४० बजे