Logo

Breaking News 1

सरकारमा जान कांग्रेसका यस्ता सर्त



काठमाडौं । नेपाली कांग्रेसले संसदको सबैभन्दा ठुलो दल भएका कारण सरकारमा सम्मानजनक भूमिका पाउनुपर्ने निर्णय गरेको छ ।

पार्टी सभापति निवास धुम्वाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतले गठबन्धनमा रहेका दलहरुले मन्त्रिमण्डलमा दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले स्म्मानजनक संख्या पाउनुपर्ने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले पाउने मन्त्रालयको संख्या र मन्त्रालयका बिषयमा पार्टी सभापति शेरकहादुर देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने समेत उनले जानकारी दिए ।

बैठकले बैंशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगाएतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : २० बजे