Logo

समाचार

रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन


१० चैत्र २०७९, शुक्रबार  

437
Shares

काठमाडौं । रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति १० बजे न्यूरो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । ८६ वर्षीय उनी क्यान्सर रोगले पीडित थिइन् ।

२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो ।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ४१ बजे