Logo

समाचार

जुवातास खेलेको आरोपमा १६ जना पक्राउ



भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालका–१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका–३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १० : ४८ बजे