Logo

Breaking News 1

अख्तियारले गृहसँग माग्यो एआईजी श्याम ज्ञवालीको विवरण



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एआईजी श्यामलाल ज्ञवालीको सम्पूर्ण विवरण माग गरेको छ । गृह मन्त्रालयलाई सोमबार एक पत्र पठाई विवरण माग गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतले दिएको जानकारीअनुसार अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानमा पनि प्रहरीमा भर्नाका लागि ज्ञवाली ‘अयोग्य’ देखिएका छन् । यसअघि प्रहरी किताबखाना, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानमा पनि उनको विवरण माग गरिएको थियो ।

ज्ञवाली सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेपछि अख्तियारमा उजुरी परेको थियो । उजुरीका आधारमा उनको नागरिकता विवरण खोजी गरिएको हो ।‘इन्सपेक्टर’मा आवेदन दिँदा २५ वर्ष नाघेका थिए डीआईजी ज्ञवाली (नागरिकतासहित) उनी २५ वर्ष पूरा भइसकेको करिब १० दिनपछि भर्ना भएका थिए । जिल्ला प्रशासन कार्यालय प्युठानबाट ज्ञवालीले २०४१ चैत २१ मा नागरिकता लिएको देखिएको स्रोतले जानकारी दियो ।

त्यसबेला उनको उमेर १७ वर्ष रहेको थियो । उनको जन्म २०२४ सालमा भएको र २५ वर्ष पूरा भएपछि उनी २०५० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको पाइएको छ । अख्तियारले थाल्यो डीआईजी ज्ञवालीको उमेर विवादको छानबिन, मागियो सबै विवरण त्यसबेलाको नियमअनुसार २५ वर्ष उमेर पूरा भएको व्यक्ति प्रहरी निरीक्षकमा भर्ना हुन पाइँदैनथ्यो । २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । सो सूचनामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । उक्त सूचनाअनुसार पनि ज्ञवालीले आवेदन दिन पाउँदैन थिए ।

यही विषयमा अहिले अख्तियारले अनुसन्धान थालेको स्रोत बताउँछ । ‘भर्ना नै अयोग्य देखिएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘विवरण सबै उपलब्ध गराउन भनेर गृहलाई पत्र लेखिएको छ । प्रारम्भिक अनुसन्धानमा भर्ना हुन नै अयोग्य देखिन्छ । मुद्दा प्रक्रियामा नै जाने तयारी छ ।’

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ४ : ३० बजे