Logo

समाचार

परिवर्तन गाउँपालिकाद्वारा पाछाबाङका योजनाको अनुगमन



रोल्पा । परिवर्तन गाउँपालिकाले आफ्नो वडा भित्र रहेका बहुवर्षे योजनाहरुको अनुगमन गर्दै आएको छ । सोही अनुसार परिवर्तन गाउँपालिका–४ पाछाबाङको योजनाको अनुगमन गरिएको हो ।जसमा आइतबार परिवर्तन गाउँपालिका–४ को चिप्ले ढुङ्गा त्रश पुलको अनुगमन गरिएको छ । संघ र गाउँपालिकाको करिब २८ लाख रुपियाँ बराबरमा निर्माण भएको छ । अर्को श्री दिपज्योती आवि बासुकीडाँडाको पुरानो भवन र नयाँ शौचालयको समेत अनुगमन गरिएको छ । प्रदेशको समपुरक बजेटको करिब १० लाख बराबर लागतमा निर्माण भएको छ । परिवर्तन गाउँपालिकाका उपाध्यक्ष गाउँपालिका तथा वडापालिका स्तरीय अनुगमन समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खगेन्द्र बुढा मगर, परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कबिन्द्र सुनार, परिवर्तन गाउँपालिका–६ का सव इन्जिनियर मोहन घर्ती मगर, पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको हो ।

त्यस्तै गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षाको अनुगमन पनि गरेको छ । आइतबार परिवर्तन गाउँपालिका–४ को श्री जनज्योति मावि आरखोला राकशेबाङ्मा अनुगमन गरेको थिगो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको नेतृत्वमा भएको परिक्षाको अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम र परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने लगायतको टोलिले अनुगमन गरेको हो । अनुगमन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिक्षा के कसरी सञ्चालन भइरहेको छ भन्ने प्रसंगमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले शान्त र भैरहित बाताबरणमा चलिरहेको प्रतिक्रिया दिएका थिए । आफूले पनि अनुगमन गर्दा त्यहीँ कुरा पाएको उनले बताए । यो बर्ष देखि परिवर्तन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षा बनाएर सञ्चालन गरेको छ । परिवर्तन गाउँपालिकामा २०७९ को वार्षिक परिक्षा चैत २ गतेदेखि चैत १० गतेसम्म सञ्चालन हुने छ ।

जनतासँग गाउँपालिका अध्यक्ष संवाद :

चुनावको समयमा मात्र मतदाताहरुको घरमा जानेर चुनाव पछि जनताको घरदैलो नजाने भन्ने गुनासोलाई सम्बोधन गर्ने, चुनावमा गरेका प्रतिबद्धता, परिवर्तन गाउँपालिका बाट सञ्चालन हुँदै आइरहेको सेवा प्रभावमा लगायत परिवर्तन गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम र बजेट प्रति बुझाई कस्तो छ र परिवर्तन गाउँपालिकाको आगामी दिनमा गर्नुपर्ने योजना प्रति सल्लाह सुझावलाई लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रमको चैत २ गतेदेखि परिवर्तन गाउँपालिका–२ राङ्सीबाट सुरुवात गरेका हुन् । सोही कार्यक्रम अनुसार आइतबार परिवर्तन गाउँपालिका–४ का आम नागरिकहरुसँग श्री दिव्य ज्योति मावि माईस्थान पाछाबाङ्गमा भेटघाट गरेर गुनासो सुनेका छन् ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका–४ का वडा अध्यक्ष मानसिङ बुढा, परिवर्तन गाउँपालिका–४ का वडा सदस्यहरु लगायत परिवर्तन गाउँपालिका–४ का आम नागरिकहरु करिब ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो । साथै परिवर्तन गाउँपालिकाका अध्यक्षले यहाँका नागरिकले शैक्षिक क्षेत्रको सुधारको विषयलाई जोरदारका साथ गुनासो गरेको र बजेटको विषयमा समेत जिज्ञासा राखेको बताउदै शिक्षालाई परिवर्तन गाउँपालिकाले नि:शुल्क बनाउने लक्ष्य लिएरको र त्यो क्रमिक रूपमा सुधार हुँदै जाने बताए । बजेट विषयमा पनि आफूहरूले निर्माण गरेको रेडबुक हेर्न समेत आग्रह गरे ।

साथै बजेट भन्दैमा एकैपटक नआउने र क्रमिक रूपमा आउने उनले बताए भने नीति तथा कार्यक्रम र बजेट पनि एकैपटक निर्माण नभएर आवश्यकता र लक्ष्य अनुसार निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने अहिलेको अवस्था भएको उनको भनाई छ । उनले अहिले समिति मार्फत सञ्चालन भइरहेको पूर्वाधार विकास कार्यमा सैद्धान्तिक रूपमा बेरुजु आइरहेको प्रक्रिया दिए । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ३८ बजे