रोल्पा । जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको छ । परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पा आयोजनामा जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको हो । चुनावको समयमा मात्र मतदाताहरुको घरमा जानेर चुनाव पछि जनताको घरदैलो नजाने भन्ने गुनासोलाई सम्बोधन गर्नको लागि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम लिएर वडा–वडामा पुग्न थालेका छन् । चैत २ गतेदेखि परिवर्तन गाउँपालिका–२ राङ्सीका आम नागरिकहरुसँग संवाद गर्दै कार्यक्रम सुरुवात गरेका हुन् । सोही कार्यक्रम अनुसार ३ चैत मा परिवर्तन गाउँपालिका–३ को थुनिकोटका नागरिकहरुको गुनासो सुनेका छन् । साथै केही उपस्थित आम नागरिकहरुले परिवर्तन गाउँपालिका प्रति उठाएका जिज्ञासाहरुको बारेमा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले प्रस्ट पारेका थिए ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको जनता सँग गाउँपालिका अध्यक्ष कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द, परिवर्तन गाउँपालिका–३ का वडा सदस्यहरु लगायत परिवर्तन गाउँपालिका–३ का आम नागरिकहरु करिब ५० जना जतिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका लेखा शाखा अधिकृत ध्रुबराज न्यौपानेले गरेका थिए ।
साथै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिवर्तन गाउँपालिका स्तरीय कक्षा ८ उत्तीर्ण वार्षिक परिक्षाको समेत अनुगमन गरेका थिए । परिवर्तन गाउँपालिका–२ राङ्सी र परिवर्तन गाउँपालिका–३ का विद्यालयमा समेत अनुगमन गरेका छन् ।
प्रतिक्रिया