Logo

खेलकुद

एकदिवसीय क्रिकेट: नेपाल बरियतामा तीन स्थान माथी उक्लियो



काठमाडौं । नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।  जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ ।

नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने दा अस्ट्रेलिया दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ३३ बजे