काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो । आज बिहान १० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो १२ बजेर ३० मिनेटसम्म कुल ६०३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका अनुसार प्रदेशसभा सदस्यका तर्फबाट ३३६ र संघीय सांसदका तर्फबाट २०७ मत खसिसकेको छ ।
दुई केन्द्रबाट मतदान भइरहेको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन् । राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।
राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलका सहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहेका छन् । प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत हाल्न पाउनेछन् ।
प्रतिक्रिया