Logo

Breaking News 1

माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा जारी


२३ फाल्गुन २०७९, मंगलबार  

345
Shares

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल हुँदै आएको छ । आजको बैठकमा पनि त्यसै विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

यसअघि शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : २० बजे