Logo

समाचार

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण



लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ ।

उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए ।

गाउँको ६ ठाउँमा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको स्थानीय देवी श्रेष्ठले बताइन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : २९ बजे