Logo

अर्थ

सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार सुरु


१७ फाल्गुन २०७९, बुधबार  

414
Shares

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् ।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो । बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो ।

दुई कम्पनी एक बराबर एक (१:१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन् । यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ । दुवै कम्पनी एक भएपछि २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ५२ बजे