Logo

Breaking News 1

प्रचण्ड र ओली बिच दिउँसो ‘निर्णायक’ बार्ता हुने


१२ फाल्गुन २०७९, शुक्रबार  

621
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने प्रचण्डले सार्वजनिक गरेका छन । नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बिच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन ।

‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले सञ्चारर्कीसँग बुधवार भने, ‘भोलि (आज) एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’

सो अघि बिहान नेपाली कांग्रेससँग बिहान ८ बजे छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : २४ बजे