Logo

कर्णाली प्रदेश

विजनेशविहीन कर्णााली प्रदेशसभा


४ फाल्गुन २०७९, बिहिबार  

230
Shares

सुर्खेत । कर्णाली प्रदेससभा अहिले विजनेशविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यवस्त छन् । प्रदेशसभा सदस्यहरु व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् ।

सरकार गठन भएको दुई महिना पूरा हुँदासम्म प्रदेशसभालाई सरकारले विजनेशविहीन बनाउर बैठक स्थागित भएको छ । अघिल्लो बैठक बसेको झण्डै एक महिना पुग्न लाग्दासम्म पनि अर्को बैठक बस्न सकेको छैन ।

प्रदेशसभाका ६ वटा बैठक भएको पाइएको छ । ति बैठकहरु सभामख , उपसभामुख , मुख्यमन्त्री चयन र विश्वासको मत लिनका लागि मात्र भएका थिए । प्रदेशसभाका विषयगत समिति समेत गठन गरिएको छैन । चारवटा समिति गठन गर्नुपर्ने हुन्छ ।

यता सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले फागुनको पहिलो सातादेखि प्रदेशसभाको बैठक नियमित गर्नेगरी तयारी गरेको जानकारी दिए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रैबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १० : ५६ बजे