Logo

बागमती प्रदेश

मजदुरको उग्र आन्दोलनपछि बालाजु वृत्तका डीएसपी विष्ट तानिए



काठमाडौँ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्ट तानिएका छन्। सोमबार यातायात मजदुरले बालाजु, नयाँ बसपार्क क्षेत्रमा गरेको आन्दोलनलाई नियन्त्रणमा लिन नसकेपछि उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको हो।

उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठले विष्टलाई बालाजुबाट तानिएको जानकारी दिएका छन्। विष्ट तानिएपछि उनको स्थानमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ। सोमबार आन्दोलनका क्रममा मजदुरहरुको समूले वृत्तका दुईवटा भ्यान र अस्थायी प्रहरी पोस्टमा आगजनी गरेका थिए।

बालाजु र बसपार्क क्षेत्रमा मजदुरहरुले सडकमा उग्र प्रदर्शन गर्नुका साथै ल्होत्से मलसहितका केही व्यापारिक भवनमा लुटपाट पनि मच्चाएका थिए।
मजदुरहरुको समूहले आन्दोलनको सुरुमै वृत्तका दुई गाडी जलाइदिएका थिए। त्यसपछि विष्टलाई तान्न सक्ने चर्चा सोमबारदेखि नै चलेको थियो।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १ : १९ बजे