Logo

मधेश प्रदेश

श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ



वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

बीआर ०५ एभी ३४७७ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको त्यो रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । उनको साथबाट १ हजार दरको ७ सय ५० थान र १ सय दरको ५ सय थान नोट फेला परेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ५८ बजे