Logo

प्रदेश

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा रोल्पाका महरा नियुक्ति



दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा रोल्पाका जोख बहादुर महरा नियुक्ति भएका छन् । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले माघ २८ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीको सिफारिसमा महरा मन्त्रीमा नियुक्ति भएका हुन ।

लुम्बिनी प्रदेश सरकारमा अन्य नियुक्ति भएका मन्त्रीहरुले आज १ बजे सपथ ग्रहण लिने छन् । महरा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत हुन । महरा नेकपा माओवादी केन्द्र रोल्पा प्रदेशसभा क्षेत्र नं.१(क) बाट निर्वाचित प्रदेश सभा सांसद हुन ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : २८ बजे