Logo

समाचार

आत्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बिमा भुक्तानी



झापा । सन नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५०  लाख बिमा भुक्तानी हस्तान्तरण गरेको छ । इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

सो कम्पनिका बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठका अनुसार कम्पनीले मृतकको घरमै पुगी मृतककी श्रीमती नानु अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका मृतक आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिन मै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : ३२ बजे