Logo

Breaking News 1

माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । आज (बिहीबार) साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्। ‘५ बजेबाट भर्चुअल माध्यमबाट बैठक बस्नेछ’, ढकालले भने, ‘अध्यक्षले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।’

यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने उनले बताए । माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् ।

यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ५७ बजे