Logo

खेलकुद

मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो



काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ ।

अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो । पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्तत: १४ औं पटक फ्रेन्च कप उपाधी विजेता पिएसजी वाहिरिनु परेको हो ।

खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाए पनि तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै पुन: अग्रता दिलाए। त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइदिए । मेसी र नेइमार जस्ता खेलाडीको आक्रमणलाई पनि मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधीको यात्रा टुंगिन पुगेको थियो ।

फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ४६ बजे