Logo

खेलकुद

अल आली माथी ४–१ जीत हासिल गर्दै रियल क्लब विश्वकपको फाइनलमा



मोरोक्को । अन्तत: ४ गोलको जीतसहित रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति मोरोक्कोमा भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४–१ गोल अन्तरको सहज जित निकाल्दै रियल फाइनल सुनिश्चित गरेको हो ।

पहिलो हाफको ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत रियललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा थप तीन गोल गरे पछि क्लब विश्वकपमा फाइनल सुनिश्चित गरेको हो । खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे पनि ६५ औं मिनेटमा अल आलीमन मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २– १ मा रियललाई सिमित पारयो ।

खेलको ८७ औं मिनेटमा रियलले अग्रता बढाउने मौका गुमायो । लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियलले खेलमा ३–१ को अग्रता लिने मौका गुमाउनु परेको थियो । उनको पेनाल्टी किकलाई अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले उत्कृष्ट तरिकाले बचाईदिए ।

तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियलले अग्रता ३–१ मा पुर्‍यायो। लगत्तै सर्जियो आरिबासको गोल गर्दै रियललाई ४–१ को फाइनलको यात्रा तय गरिदिए ।

अब रियलले फाइनलमा साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : २५ बजे