Logo

अर्थ

हरियो तरकारी र फलफूलको आजको मुल्य



काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारीको मुलय तोकेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २७ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।

बिहिबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ  १२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, रायो सागको ४० रुपैया, चमसुर, जिरा, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँ तोकिएको छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याँज ३८ रुपैयाँ, हरियो प्याँज ७० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा पाइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : १९ बजे