Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्री दर १४२ रूपैयाँ ०६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ६ : ३२ बजे