Logo

खेलकुद

आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !



काठमाडौं । नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहिवार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन ।

उनका अनुसार नेपाल क्रिकेट संघ ९क्यान० को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतस् आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ४१ बजे