Logo

खेलकुद

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिडले घटायो बार्सिलोनासँगको अंक दूरी



काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ ।

बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनासँगको अंक दूरी ५ अंकमा पुर्‍याएको हो ।

शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५० र समान खेलबाट दोस्रो स्थानको रियलको ४५ अंक छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाडको ३९ अंक छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५२औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै ब्राजिलियन फरवर्ड भिनिसियस जुनियरले अग्रता दोब्बर पारे ।

खेलको ७२औँ मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सीमिति बनेको थियो । भिनिसियसलाई खराब ट्याकल गरेपछि गाव्रियल पोलिस्टाले सिधै रातो कार्ड खाँदै मैदान छाडे ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : २७ बजे