Logo

खेलकुद

ईएफएल कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाइटेड भिड्ने



काठमाडौं । ईएफएल कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाइटेड भिड्ने भएका छन् । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २–० ले हराउँदै म्यानचेस्टरले न्यु क्यासलसँग भेट पक्का गरेको हो । पहिलो लेगमा नटिङघमलाई ३–० ले हराएको युनाइटेडले समग्रमा ५–० को जित हासिल गर्‍यो । सिटीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ७३औँ मिनेटमा एन्थोनी मार्शलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि नै फ्रेडले दोस्रो गोल थपे ।

यसअघि मंगलबार राति भएको खेलमा साउथ हेम्प्टनलाई हराउँदै न्यु क्यासल युनाइटेड २४ वर्षपछि लिग कपको फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा साउथ हेम्प्टनलाई २–१ गोल अन्तरले हराउँदै न्यु क्यासल २४ वर्षपछि कपको फाइनलमा पुगेको हो ।

न्युक्यासलले समग्रमा ३–१ गोलको नतिजा निकालेको हो । न्यु क्यासलले सेमिफाइनलको पहिलो लेगमा साउथ हेम्प्टनलाई १–० ले हराएको थियो । फाइनल खेल यही फेब्रुअरी २६ मा हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : ०९ बजे