Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ०४ बजे