Logo

विशेष

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ कांग्रेसका पूर्वमहामन्त्री डा।शशांक कोइरालाले भने, ‘उमेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उमेदवारी भने दिन्छौँ ।’

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ११ : ४४ बजे