Logo

बागमती प्रदेश

बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित



काठमाडौं । बागमती प्रदेश सभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनको विपक्षमा ४९ मत परेको छ भने सातजना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : ०५ बजे