Logo

प्रदेश

रुपन्देही गोली प्रकरणः अनुसन्धानका लागि तीन जना प्रहरीको नियन्त्रणमा



रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय १८ वर्षीय दिलिप यादव, २१ वर्षीय विजय भर र भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका ७ बजेतिर गोली पड्केको जस्तो आवाज सुनिएको खबर पाएपछि प्रहरी त्रिलोकपुरमा पुगेको थियो । प्रहरीले सो स्थानबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने एक राउण्ड गोली, पड्केको गोलीको खोका, दुई थान मोटरसाइकल र एउटा भारतीय नम्बर प्लेटको गाडी पनि बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ५६ बजे