Logo

समाचार

स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु



झापा । झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : २९ बजे