Logo

समाचार

एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण



ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए)चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।  दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह–कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : ५४ बजे